फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा लकडाउनका कारण घट्यो 

फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (FMDBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ करोड ६६ लाख ७१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ लाख २२ हजार रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।…