प्रधानमन्त्री केपी ओलीले भारतबाट भित्रिएको संक्रमण अन्य मुलुकबाट भित्रिएकोभन्दा कडा भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन, संयुक्त अबर इमिरेट्स, इटली लगायत मुलुकबाट नेपाल भित्रिएको कोरोना संक्रमणभन्दा भारतबाट भित्रिएको संक्रमण कडा भएको बताएका हुन् । पछिल्ला दिनहरुमा भारततर्फको सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्नेहरुको संख्या नियन्त्रण हुन नसकेको अवस्थामा संक्रमण तिब्र…