बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुष नेपालमा कोरोना भाइरस संक्रमण (कोभिड १९) का कारण मृत्यु हुने दोस्रो व्यक्ति बनेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा दोस्रो व्यक्तिको पनि मृत्यु पनि कोभिड-१९ बाट भएको पुष्टि गरेका छन्। उनको स्बाव परीक्षणमा कोरोना पोजेटिभ नतिजा आएको उनले बताए। प्रवक्ता…