रसुवागढी र साञ्जेन जलविद्युतको आईपिओ बाँडफाँड, यसरी हेर्नुहोस् नोटबजारमा नतिजा

रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीले निष्काशन गरेका साधारण शेयर उर्जा मन्त्रालयको सभाहल, सिंहदरबारमा बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितीमा दुबै आयोजनाको शेयर बाँडफाँड गरिएको हो। रसुवागढीमा आवेदन गर्ने लगानीकर्ताले अधिकतम ५० र साञ्जेनमा आवेदन गरेका आवेदकले अधिकतम २० कित्ता शेयर हात पारेका छन्।  …