कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पिसिआर मेसिन प्रयोगमा आउन सकेन 

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना परीक्षणका लागि आइपुगेको पिसिआर मेसिन जडान भइसके पनि आवश्यक किट नहुँदा प्रयोगमा आउन सकेको छैन। अस्पतालका निर्देशक मङ्गल रावलका अनुसार किट नआउँदासम्म मेसिन प्रयोगमा ल्याउन सकिने अवस्था छैन। किट नहुँदा पिसिआर मेसिन प्रयोग विहीन भएको प्रतिष्ठानले जनाएको छ। “सरकारसँग किट माग गरिएको छ, आगामी शुक्रबारसम्म काठमाडौंमा आइपुग्ने…