कृषि कार्यका लागि ट्याक्टरको न्यूनतम भाडादर निर्धारण

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्याक्टरको भाडादर निर्धारण गरिएको छ। यसअघि व्यवसायीले लिँदै आएको भाडादरलाई समायोजन गरिएको हो। नगरपालिकाले व्यवसायी समेतको उपस्थितिमा सरोकारवालाहरुसँग छलफल गरेर ट्याक्टरको नयाँ भाडादर कायम गरेको वडा नम्बर १३ का वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिए। कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसानहरु मर्कामा थिए। सर्वपक्षीय…