चितवनका युवाहरू मिलेर 'रिभर क्रूजशिप' अर्थात् पानीजहाजको निर्माण गरिरहेका छन्। राइनो वाटर इन्टरटेन्मन्ट प्राइभेट लिमिटेडले चितवनको काभ्रेघाटमा छ महिनादेखि पानीजहाज बनाउने काम गरिरहेको छ। उक्त कम्पनीका प्रबन्धक निर्देशक रामचन्द्र कँडेल अध्ययनको सिलसिलामा पहिलोपटक जर्मनी गएका बेला आफूलाई पनि पानीजहाज बनाउने विचार आएको बताउँछन्। "म युरोपमा भएको बेला स्वीडनबाट फिनलन्डसम्म क्रूजमा यात्रा गर्दा नेपालका नदीहरूमा पनि…