नेपाल सरकारले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरिया गएर विदामा आएका नेपाली श्रमिकलाई फर्किन दिने भएको छ। वैदेशिक रोजगार विभागले श्रमिकलाई कोरिया फर्काउने प्रारम्भिक तयारी सुरु गरिसकेको छ। वैशाख १४ गते बसेको मन्त्रिस्तरीय बैठकको निणर्यअनुसार सरकारले उनीहरुलाई दक्षिण कोरिया फर्किन व्यवस्थापन मिलाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए। व्यवस्थापनको जिम्मा…