नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै सुदृढ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै सुदृढ रहेको बताएका छन्। निक्षेप तथा कर्जा सुरक्षण कोष भवनको आज शिलान्यास गर्दै उनले सम्पूर्ण बैंकिङ प्रणालीलाई बलियो बनाउन बैंकको क्षमता बढाउने, कारोबारलाई सुरक्षित बनाउँदै बैंकप्रति विश्वसनीयता बढाउन तथा परदर्शीता ल्याउन विभिन्न कदम चालिएको बताए। उनले भने “निष्क्रिय कर्जा एक प्रतिशतको हाराहारीमा रहेको छ, सम्पूर्ण परिसूचकमा…