विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले तेस्रो पटक लकडाउनको समय बढाएको छ। प्रधानमन्त्री निवास बालुबाटारमा मंगलबार बसेको मन्त्रिपरिपद्को बैठकले १२ दिन लकडाउन बढाएर वैशाख १५ गतेसम्म र्पुयाउने निर्णय गरेको हो। सरकारले यसअघि बैशाख ३ गतेसम्म लकडाउन घोषणा गरेको थियो। सरकारले यसअघि नै वैशाख १८ गतेसम्मका लागि अन्तराष्ट्रिय उडानहरु बन्द गर्ने निर्णय…