आर्थिकस्तर उकास्न सरकार लागिपरेको छ : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तराई–मधेश जनताको आर्थिकस्तर उकास्न सरकार लागिपरेको बताउनुभएको छ । सिरहाको कर्जन्हास्थित फूलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्र योजना र बन्दीपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्र सडक योजनाको शनिबार शिलान्यास गर्नुहुँदै मन्त्री महासेठले तराई–मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजना अघि सारेको बताउनुभयो । “बजेट पर्याप्त छ,…