र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) बाट गरिएको परीक्षणमा एन्टिबडी पोजेटिभ देखिएको रिपोर्टहरु रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) को परिक्षणमा उल्टिन थालेका छन्। पोखरामा मंगलबार आरडीटी पोजेटिभ देखिएकी पोखरा १२, ढिकालेथरकी महिलाको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआरबाट स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको हो। प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले सो जानकारी दिएका…