नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको संक्रमणका कारण व्यावसायिक वातावरण प्रभावित भएको अवस्थामा त्यसलाई समुचित सम्बोधन गर्नका निम्ति नेपाल राष्ट्र बैंक तयार रहेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै पदबहालीको क्रममा उनले सो बताएका हुन्। पदबहालीपछि गभर्नर अधिकारीले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी…