लकडाउन अवज्ञा गर्ने ३७० सवारीसाधन सोमबार बिहानै प्रहरी नियन्त्रणमा

कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३७० सवारीसाधनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकोमध्ये दुईपाङ्ग्रे ३५३ वटा र १७ वटा चारपाङ्ग्रे सवारी साधन रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चैत २४ गते बिहान १० बजेसम्ममा उक्त सङ्ख्यामा गाडी नियन्त्रणमा लिएको…