अमेरिकाको व्यवसायिक गतिविधि मार्चमा थप खुम्चिएको छ । कोरोना भाइरसको महामारीले म्यानुफ्याक्चरिङ र सेवा दुबै क्षेत्रको गतिविधिमा उच्च कमी ल्याएसँगै समग्र व्यवसायिक गतिविधि खुम्चिएको हो । यसले अर्थतन्त्र मन्दीमा जाने आशंका थप बलियो बनाएको छ । बजार अनुसन्धाता संस्था आइएचएस मार्किटले सार्वजनिक गरेको तथ्यांकअनुसार म्यानुफ्याक्चरिङ र सेवा दुबै क्षेत्रको गतिविधि मापन गर्ने सूचक कम्पोजिट आउटपूट…