विदेशीलाई पहिलो प्रभाव पार्ने मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई 'बुटिक एयरपोर्ट' का रुपमा रुपान्तरण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ। अघिल्लो वर्षनै उद्घाटन गर्ने योजना रहेको विमानस्थलको यो परियोजना विभिन्न समस्याका कारण गति लिन सकेको थिएन । यस कामका लागि सरकारले पुनः तदारुकता देखाएको छ। अबको ६ महिनाभित्रै अन्तरराष्ट्रिय विमानस्थललाई पूर्णरुपमा बुटिक विमानस्थल बनाइनेछ।…