निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारमा ल्याउनु जोखिमपूर्ण

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमार्फत निजी क्षेत्रलाई समेत अख्तियारको अनुसन्धान दायरामा ल्याउने प्रयास भएकोमा नेपाल समुद्रपार निकासी पैठारी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अख्तियारले निजी क्षेत्रका प्रतिष्ठानको समेत अनुसन्धान गर्ने व्यवस्था संविधानको धारा २३९ को मर्मविपरीत रहेको, यसबाट निजी क्षेत्र हतोत्साहित हुन गई स्वदेशी, विदेशी दुवै लगानी…