संघीय संसद अन्तरगतको सार्वजनिक लेखासमितिले एनसेललाई बक्यौता पूँजीगत लाभकर नतिरेसम्म थप फ्रिक्वेन्सी नदिन निर्देशन दिएको छ । आइतबार (१९ माघ) बसेको समितिको बैठकले सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर तिरेपछि मात्रै एनसेललाई सो फ्रिक्वेन्सी दिन निर्देशन दिएको छ । नेपाल दूरसंचार प्राधिकरणले एनसेललाई १८ सय व्याण्डको ९ मेगाहर्ज फ्रिक्वेन्सी दिने प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा समितिको यस्तो निर्देशन…