”मर्जर नीतिलाई अनादर गर्नेतर्फ हामी पटक्कै छैनौँ ” : सीइओ, सनराइज बैंक

हामी गैरीधारास्थित सनराइज बैंकको केन्द्रीय कार्यालय पुग्दा मध्याह्न १२ बजेको थियो । त्यतिखेर सायद विभागीय प्रमुखसँग कुनै महत्वपूर्ण बैठक चलिरहेको थियो । बैठक हलबाटै हामीलाई देखेपछि बाहिर निस्किएर घडी हेर्दै सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जनकशर्मा पौडेलले भने, 'भनेको समयभन्दा ठ्याक्कै पाँच मिनेट पहिले आइपुग्नु भएछ, समयको ख्याल गर्ने मान्छे मलाई पनि मन पर्छ…