प्रतिनिधि सभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ। बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको घोषणा गरेका हुन्। बैठकमा सभामुखको उम्मेदवारको सूचना सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै…