विदेशी नागरिकसँग मिलेर कृषि विकास बैंकको प्रणाली 'ह्याक' गरी रकम निकाल्ने गिरोहका अर्का नेपाली एजेन्ट पक्राउ परेका छन् । बैंक ह्याकिङ प्रकरणमा संलग्न मोरङको रङ्गेली नगरपालिका–२ का ४३ वर्षीय दीपक नेपाललाई काठमाडौँको बसुन्धाराबाट पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। ह्याकिङका मुख्य योजनाकार भने अफ्रिकीमूलका पिटर हुन् ।…