लुम्बिनी क्षेत्रका उद्योगहरुले विद्युत् उपभोगवापतको रकम नतिर्दा करोडौँ रकम बक्यौता देखिएको छ । केही उद्योगले विद्युत्को महसुल तिर्न मानेका छैनन् । उद्योगले विद्युत् प्राधिकरणले ट्रङ्कलाइनअनुसार ‘बिलिङ’ गरेकाले विद्युत्को रकम नतिर्ने भन्दै आएका छन् । रुपन्देहीका १० उद्योगले महसुल नतिरेको विद्युत् प्राधिकरण भैरहवाका अधिकारीले बताएका छन् ।प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्ट उद्योगले विद्युत् महसुलवापतको ४२ करोड रकम…