बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार सम्पन्न संसदको आमनिर्वाचनमा बहुमत हासिल गरेका छन । विजयपछि मतदाताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले सरकारलाई अर्को महिना बेलायतलाई युरोपेली संघ (ईयू) बाट बाहिर निकाल्न 'शक्तिशाली नयाँ जनादेश' प्राप्त भएकामा खुशी व्यक्त गरे । उनले अब तोकिएकै मिति अर्थात् आगामी जनवरी ३१ मा बेलायत इयूबाट बाहिरिन्छ र कुनै 'हुन्छ, हुन्न' भन्ने…