मन्त्रिपरिषद् निर्णय: चक्रपथ विस्तार परियोजना र नौ जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति

सरकारले दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति प्रदान गरेको छ । यही पुस १४ गतेको मन्त्रिपरिषद् बैठकले चीन सरकारको सहयोगमा सञ्चालन हुने सो परियोजनाका लागि कलङ्की–महाराजगन्ज–धोवीखोला खण्डको सडक सीमा ३१/३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको हो । बैठकले नौ जलविद्युत् आयोजनाका लागि जग्गा प्राप्ति…