नेपाल बंगलादेश बैंकद्धारा दृष्टिविहिन विद्यार्थीहरुलाई नोट पहिचान प्रशिक्षण

नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फिदिम -४ पाँचथर स्थित गढी माध्यमिक विद्यालयमा ३० दृष्टिविहिन विद्यार्थीहरुलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको १ हप्ताको प्रशिक्षण प्रदान गरेको छ । मैत्री समाज नेपालको सहायतामा संचालित प्रशिक्षणमा कुल १७ छात्र तथा १३ छात्राहरु भाग लिएका थिए । यस प्रशिक्षणले विद्यार्थीहरुलाई सामान्य मार्गनिदेशन, दिशा परिवर्तन, सागुँरो ठाउँमा…