सङ्घीय समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समृद्धिका लागि उद्योगधन्दा र व्यापार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको बन्दीपुरमा पार्टीका कार्यकर्तासँग आयोजित भेटघाटमा हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने उनले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले परम्परागत कृषिले मात्रै समृद्धि सम्भव नरहेकाले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए । विश्वमा विकास भएका नयाँ ज्ञान विज्ञानलाई प्रयोग गरेर…