नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । बागलुङमा शुक्रबारदेखि सुरु भएको बागलुङ महोत्सवमा उनलाई उक्त महोत्सवको आयोजक बागलुङ उद्योग वाणिज्य संघले सो महोत्सवको उद्घाटन समारोहमा प्रस्ताव गरेपछि उनले सो प्रस्ताव स्वीकार गरेका हुन् । सो महोत्सवलाई नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका…