नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले चोरी नियन्त्रण अभियान सञ्चालन गरेपछि तीन दिनका अवधिमा २६ लाखभन्दा बढी राजश्व सङकलन गरेको छ । तीन दिनको अवधिमा २६ लाख ८० हजार २२२ राजश्व सङकलन गरिएको प्राधिकरण इनरुवा वितरण केन्द्रका प्रमुख रामउदगार साहले बताए। कार्यालयले सुनसरीको कोशी, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंहलगायत गाउँपालिकामा रातिको समयमा गरिएको अनुगमनका क्रममा विद्युत्…