जुम्लाको पातारासि गाउँपालिकाले जन्मिएलगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ । बच्चा जन्मिएपछि जन्मदर्ता गराएलगत्तै गाउँपालिकाले तीन हजार र अभिभावकले तीन हजार गरी एकैपटक छ हजार रुपैयाँ जम्मा गरिदिने गरेको छ । सम्पूर्ण गाउँपालिकावासीलाई बैंकको पहुँचमा पुर्याउने र वित्तीय साक्षरता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए । स्वास्थ्य संस्थामा…