बूढीगण्डकीको मुआब्जा सात दिनभित्र निर्धारण हुने, डिजेल र पेट्रोलबाट ३८ अर्ब पूर्वाधार कर संकलन

जिल्ला प्रशासन कार्यालय गोरखाले बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण हुन बाँकी रहेको क्षेत्रमा आगामी एक साता भित्र तय गर्ने भएको छ । आयोजना प्रभावितले मुआब्जा निर्धारणमा ढिलाइ भइरहेको भन्दै असन्तुष्टिसमेत जनाएका छन् । गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने, “विद्यमान परिस्थितिमा कुनै बदलाव नभएको खण्डमा आगामी एक साताभित्र हामी आवश्यक निर्णय गर्छौं ।” मुआब्जा…