स्वाभिमान लघुवित्तको आईपिओ आइतबार जनसेवीको सोमबार बाँडफाँड हुने

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा निष्काशन गरेको आईपिओ आइतबार र जनसेवी लघुवित्तले निष्काशन गरेको आईपिओ सोमबार बाँडफाँड हुने भएको छ । स्वाभिमान लघुवित्तको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबार क्यापिटलको कार्यालय नारायणचौर नक्सालमा बिहान १० बजे बाँडफाँड हुने भएको हो । स्वाभिमानको आईपिओमा ३ लाख २७ हजार ४४७ आवेदक बाट ६० लाख ६१ हजार…