पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताए । कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै उनले भने, “अबको छ महीनामा…