गभर्नर नियुक्तिमा उमेर हद हटाउने निर्णयमा सर्वोच्चको रोक: अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौं — सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि उमेर हदसम्बन्धी मापदण्ड संशोधन गरेर गर्भनर नियुक्ति गर्ने तयारी गरिरहेका बेला सर्वोच्च अदालतले त्यसमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले आइतबार अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापालगायतले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइपछि उक्त आदेश जारी गरेको हो। अदालतको आदेशमा…