बुबाआमासँगै भारत जाने बाध्यताले बालबालिकाको पढाइ प्रभावित

सुर्खेत । विद्यालय जाने उमेरका बालबालिका अभिभावकको पछि लागेर भारतको मुग्लान जानु यहाँका लागि नौलो होइन । दैलेख गुराँस गाउँपालिका–२ मा यो चलन लामो समयदेखि चलिरहेको छ । जसले गर्दा बालबालिका विद्यालय शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था छ । “गाउँमै बसेर छोराछोरी पढाउने रहर नभएको होइन, तर कमाइका लागि भारत जानु हाम्रा लागि बाध्यता भयो, केटाकेटीलाई…