४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसनको उद्घाटन, विद्युत् बजार विस्तारका लागि थप महत्वपूर्ण

देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा ४०० केभी हेटौंडा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार नेपालको तेस्रो ठूलो ४००/२२०/१३२/११ केभी हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको करिब ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यात…