पौने ३५ अर्ब लगानीमा नेपालमै मल कारखाना खुल्ने

नेपालमै मल कारखाना निर्माण गर्ने उद्देश्यका साथ मलेसियाली कम्पनी रिनिकोला एसडीएन बीएचडीले ३४ अर्ब ७३ करोड (२६० मिलियन अमेरिकी डलर) बराबरको प्रस्ताव अघि सारेको छ । लगानी बोर्ड नेपालले मलेसियन कम्पनीको उक्त प्रस्तावलाई स्वीकृत गर्दै विस्तृत सम्भाब्यता अध्ययनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौता पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र मलेसियाको…