सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा छुट पाउने भएका छन् । जसका लागि सोमबार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको हो । बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल…