ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जना धरौटीमा रिहा, मीनबहादुरसँग २ करोड ४६ लाख धरौटी माग

ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो। जिल्ला अदालत काठमाडौंले सबैभन्दा बढी धरौटी भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरिएको हो। उनीसँगै पक्राउ गरेका अन्यलाई भने बढीमा १५…