सरकारले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याउन नीतिगत सुधार गर्ने र निजी–सार्वजनिक साझेदारी (पीपीपी) मोडलमार्फत सञ्चालन भइरहेका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्दै तोकिएको अवधिभित्र सम्पन्न गर्न सहजीकरण गर्ने बताएको छ । लगानी बोर्डको १२ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको वातावरण सुधार्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका हुन् । “हामी हाम्रो…