मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बढ्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बढ्न थालेको छ । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएपछि जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो । दैनिकरुपमा वर्षा हुने क्रम जारी रहेकाले मस्र्याङ्दी नदीमा पानी बहाव बढेपछि पूर्ण क्षमताको बिजुली उत्पादन भइरहेको आयोजना प्रमुख प्रमुख बद्री फुयाँलले जानकारी दिए । उनका अनुसार…