बंगलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन्। उनीहरु जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन्। नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज शुक्रबार र भोलि शनिबार जहाज चार्टर्ड गरी बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन्। यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बंगलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए।…