सानिमा क्यापिटलले एक अर्बको खुल्लामुखी म्युचुअल फन्ड ल्याउने

सानिमा क्यापिटल लिमिटेडले एक अर्ब रुपैयाँ बराबरको खुल्लामुखी म्युचुअल फन्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले पहिलो पटक ‘सानिमा फ्लेक्सी फन्ड’ नामक खुल्लामुखी म्युचुअल फन्ड निष्कासन गर्न लागेको हो । क्यापिटलले प्रतिइकाई दश रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्रीका लागि असार १७ गते आइतबार पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ…