‘एलडिसी स्ट्राटेजी’ मस्यौदामाथि छलफल

नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने रणनीति (एलडिसी स्ट्राटेजी) तर्जुमाको मस्यौदामाथि छलफल भएको छ । आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीतिसम्बन्धी मस्यौदामाथि छलफल गरेको हो । संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिले सन् २०२१ मा अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि नेपाललाई पाँच वर्षको तयारीको…