पाथीभरा मन्दिरको आम्दानी सार्वजनिक, सय दिनमा ६६ लाख बढी भेटी सङ्कलन

पाथीभरा मन्दिरमा १०० दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो । समितिका अनुसार फागुनमा २१ लाख ७० हजार २९४, चैत महिनामा २० लाख ६४ हजार ७४३ र वैशाखमा १८ लाख ८५ हजार १०५ रुपैयाँ भेटी सङ्कलन…