चालु आर्थिक वर्षको एघार महिनामा झण्डै ५५ अर्ब बराबरको विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएकोे छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ५४ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ११ अर्ब २९ करोड ४६ लाख रुपैयाँ प्रत्यक्ष एफडीआई प्रतिबद्धता आएको छ । जेठमा अटोमेटिक रुटबाट…