गैरआवासीय नेपाली संघको जारी १५ औं युरोपेली सम्मेलनमा सहभागी लगानीकर्ताहरुले नेपालको समृद्धिको लागि नेपालमा लगानीमा जोड दिएका छन् । कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीले नेपालमा लगानी गर्दा समस्या रहेको बताउँदै विदेशी लगानीमा न्युनत २ करोडको सिलिङ्ग तोकिनु व्यवहारिक नभएको बताए । उनले संघले अघि सारेको १०…