‘माइनर अपरेसन’ बाट आर्थिक अवस्थामा सुधार सम्भव छैन, सरकारले ‘बोल्ड डिसिजन’ लिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताएका छन।नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयोजना गरेको 'राष्ट्रिय आर्थिक बहस' कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रले प्रस्ताव गरेको उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताएका हुन। “अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र एक ठाउँमा हुने र…