बेरुजु बढ्नुको कारणसहित टिप्पणी फाइल पठाउन परिपत्र

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्लाका जिल्ला समन्वय प्रमुख र जिल्ला समन्वय अधिकारीलाई परिपत्र गर्दै सरकारी कार्यालयमा बेरुजु देखिनुको कारणसहित आगामी जेठ १५ गतेसम्ममा टिप्पणी फाइल पठाउन परिपत्र गरेको छ । बेरुजु फछ्र्यौटको कामलाई उच्च प्राथमिकतामा राख्न निर्देशनसहित मन्त्रालयले मङ्गलबार परिपत्र गरेको हो । “महालेखा परीक्षकको कार्यालयबाट नियमित हुनुपर्ने भनी औँल्याइएको बेरुजुको सम्बन्धमा…