हिम रिभर पावर लिमिटेडले २६ करोड ६० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १६.२६ मेगावाट क्षमताको लिपिङ खोला हाइड्रोपावर निर्माण गरिरहेको कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका २६ लाख ६० हजार कित्ता आईपीओ जारी गर्ने जनाएको हो । कम्पनीले जारी पुँजीको २० प्रतिशत सेयर सार्वजनिक निष्कासन…