वित्तीय व्यवस्थापन र सेवा सुदृढीकरणका लागि एडीबीको १३ अर्ब ऋण

एसियाली विकास बैंक (एडीबी)ले नेपालको वित्तीय व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउन १० करोड डलर अर्थात् १३ अर्ब २१ करोड सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । एडीबीको यस सहयोगले नेपालमा संघीय व्यवस्थाको अभ्यास प्रवद्र्धन गर्नुका साथै संघीय स्तरमा सार्वजनिक वित्तीय व्यवस्थापन सुदृढीकरण र सेवा प्रवाहका लागि दु्रत विकास गर्न सहयोग गर्ने जनाइएको छ ।…